स्वास्थ्य सेवा बिभाग, ब्यबस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना ब्यबस्थापन शाखाले कोभिड-१९ को खोप अभियान लक्षित गरी स्थानीय तह मार्फत दैनिक प्रतिबेदन गर्ने प्रणाली बिकास गरेको छ | सो प्रणाली मार्फत यथाशिघ्र तथ्यांक उपलब्ध गर्न गराउन सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यो तहगत भूमिका र प्रतिबेदन प्रक्रिया/निर्देशिका तयार गरिएको छ |


स्वास्थ्य संस्थास्तरमा कोभिड-१९ को खोप अभियान सकिएको ५ दिन भित्र अभियानको बिस्तृत प्रतिबेदन DHIS मार्फत गर्नुपर्ने व्यवस्था भएकोले सो को तहगत भूमिका र निर्देशिका यस लिंक मा उपलब्ध गराइएको छ |

तहगत भूमिका

१. स्वास्थ्य संस्था

प्रत्येक दिनको कोभिड-१९ खोप अभियानको देहाय बमोजिमको संक्षिप्त विवरण खोप केन्द्रको इन्चार्जले अपरान्ह ४ बजे सम्ममा आफ्नो स्थानीय तहमा पठाउने सुनिस्चितता गर्ने |

<aside> ❓ अपरान्ह ४ बजे पछी लगाइएको खोपको विवरण अर्को दिनको प्रतिबेदनमा समाबेश गरि तयार गर्ने |

</aside>


२. स्थानीय तह

स्थानीय तहको स्वास्थ्य शाखा संयोजकले आफ्नो स्थानीय तह अन्तर्गतका सबै खोप केन्द्रहरुको विवरण प्राप्त भएको सुनिस्चितता गरि खोप केन्द्रहरुबाट प्राप्त तथ्यांक एकमुष्ठ रुपमा HMIS मा  दैनिक ४ बजे भित्र इन्ट्री गरि सक्ने व्यवस्था मिलाउने |


३. जिल्ला स्वास्थ्य कार्यालय

स्वास्थ्य कार्यालयको खोप सम्पर्क व्यक्तिले जिल्ला भित्रका सबै स्थानीय तहबाट दैनिक रुपमा तोकिएको समय भित्र तथ्यांक इन्ट्री भए नभएको सुनिस्चितता गर्ने |


प्रतिबेदन निर्देशिका

दैनिक संक्षिप्त प्रतिबेदनको ढाँचा निम्न अनुसार रहेको छ |