सूचना !! कोभिड-१९ खोप अभियान (दोश्रो प्राथमिकता - पहिलो चरण) समाप्त भएपछिको बिस्तृत प्रतिबेदन अनुसूची १३ बमोजिम १ पटक मात्र इन्ट्री गर्नु पर्नेछ | दैनिक रुपमा इन्ट्री नगर्नु होला | COVID - Vaccination Reporting - Phase 2 (A) Actual reports प्रतिवेदनमा प्रत्येक स्वास्थ्य संस्था मा १ पटक मात्र हुनु पर्ने छ |

स्वास्थ्य सेवा बिभाग, ब्यबस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना ब्यबस्थापन शाखाले कोभिड-१९ को खोप अभियान लक्षित गरी स्थानीय तह मार्फत बृहत प्रतिबेदन गर्ने प्रणाली बिकास गरेको छ | सो प्रणाली मार्फत यथाशिघ्र तथ्यांक उपलब्ध गर्न गराउन सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यो तहगत भूमिका र प्रतिबेदन प्रक्रिया/निर्देशिका तयार गरिएको छ |


तहगत भूमिका

१. स्वास्थ्य संस्था

कोभिड १९ को खोप बृहत प्रतिवेदन कोभिड-१९ खोप अभियानको देहाय बमोजिमको बृहत विवरण खोप केन्द्रको इन्चार्जले खोप अभियान सम्पन्न भएको ३ दिन भित्र आफ्नो स्थानीय तहमा पठाउने व्यवस्था गर्ने |


२. स्थानीय तह

स्थानीय तहको स्वास्थ्य शाखाका संयोजकले आफ्नो स्थानीय तह अन्तर्गतका सबै खोप केन्द्रहरुको विवरण प्राप्त भएको सुनिश्चित गरि खोप केन्द्रहरुबाट प्राप्त तथ्यांक स्वास्थ्य संस्थाका आधारमा HMIS मा खोप अभियान सम्पन्न भएको ५ दिन भित्रमा इन्ट्री गरि सक्नु पर्ने व्यवस्था मिलाउने |


३. जिल्ला स्वास्थ्य कार्यालय

स्वास्थ्य कार्यालयको खोप सम्पर्क व्यक्तिले जिल्ला भित्रका सबै स्थानीयनिकायबाट तोकिएको समय भित्र तथ्यांक इन्ट्री भए नभएको सुनिस्चित गर्ने |


४. प्रदेश स्वास्थ्य निर्देशनालय

स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति(Immunize Focal Person)ले प्रदेश भित्रका सबै स्थानीयनिकायबाट तोकिएको समय भित्र तथ्यांक इन्ट्री भए नभएको सुनिस्चितता गर्ने |


प्रतिबेदन निर्देशिका

बृहत प्रतिबेदनको ढाँचा निम्न अनुसार रहेको छ |