स्वास्थ्य सेवा बिभाग, ब्यबस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना ब्यबस्थापन शाखाले कोभिड-१९ को खोप अभियान लक्षित गरी स्थानीय तह मार्फत दैनिक प्रतिबेदन गर्ने प्रणाली बिकास गरेको छ | सो प्रणाली मार्फत यथाशिघ्र तथ्यांक उपलब्ध गर्न गराउन सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यो तहगत भूमिका र प्रतिबेदन प्रक्रिया/निर्देशिका तयार गरिएको छ |



प्रतिबेदन निर्देशिका

दैनिक संक्षिप्त प्रतिबेदनको ढाँचा निम्न अनुसार रहेको छ |

१. दैनिक ६:३० बजे अपरान्ह माथि दिएको ढाँचा अनुसार प्रतिबेदन स्वास्थ्य संस्थाहरु बाट प्राप्त गरि आफ्नो स्थानीय तहको एकमुष्ठ प्रतिबेदन तयार गर्नु पर्नेछ |

२. यस प्रतिबेदन इन्ट्री गर्नको लागि HMIS मा आफ्नो username र password प्रयोग गरि login गर्नुहोस |

३. Apps मेनु बाट COVID-19 Vaccination Reporting App (दाँया देखाइएको जस्तै) खोजि सो app मा क्लिक गर्नुहोस |

https://s3-us-west-2.amazonaws.com/secure.notion-static.com/80d60cd2-d43f-4d31-83e9-91186d7d24d8/Untitled.png

४. App को बाँया भागमा आफ्नो स्थानीय तह छनोट गर्नुहोस | छनोट भएपछी दाँया भागमा रहेको Organisation Unit मा पनि देखिने छ |

Untitled

५. त्यसपछी Period बक्समा क्लिक गरि क्यालेन्डर बाट मिति छनोट गर्नुहोस | छनोट गरिएको मिति अनुसारको अंग्रेजी मिति पनि देखिने छ |

६. Data set बाट COVID19 Vaccination - Daily Monitoring ****डाटा सेट छनोट गर्नुहोस |

Untitled

७. यति गरिसकेपछि माथि देखिएको जस्तै फाराम देखिने छ र डाटा इन्ट्री गर्न सक्नु हुनेछ |

८. हरेक कोठामा डाटा इन्ट्री गर्नासाथ सो डाटा आफै SAVE हुनेछ र सो कोठाको रङ्ग हरियो हुनेछ | शुन्य इन्ट्री गर्नु पर्दैन |

Untitled

९. सबै डाटा इन्ट्री गरिसकेपछि COMPLETE बटनमा क्लिक गर्नुहोस |